शेयर बजारमा तिव्र उतारचढाव, कारोबार रकममा भने उल्लेख्य गिरावट

Jun 17, 2021 03:51 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेपाली शेयर बजारमा तिव्र उतारचढाव देखिएको छ भने कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ।

बिहीबार बजार खुलेको केही समयपछि नै नेप्से तिव्र गतिमा ओरालो लागेको थियो। तर, केही समयपछि नै पुनः तिव्र बढेको नेप्से पुनः सोही गतिमा ओरालो लागेको थियो। त्यसपछि बजार पुनः उकालो लागेर करिब ३००० विन्दु नजिक पुगेको नेप्से, साढे १ बजेपछि पुनः ओरालो लागेको थियो।

लगानीकर्ताहरु अन्योलमा रहेका कारण यस दिन यस्तो तिव्र उतारचढाव देखिएको विश्लेषकहरु बताउँछन्। धितोपत्र बोर्डले ५१ कम्पनीहरुको सूची सार्वजनिक गरेसँगै बजारमा तरङ्ग सिर्जना भएको थियो। सोही कारण केही लगानीकर्ताहरु ‘प्यानिक सेल’ गरिरहेका देखिन्छन् भने केही लगानीकर्ताहरु खरिद गर्ने मौकाको रुपमा कारोबार गरिरहेका छन्। त्यसैले, यस दिन बजारमा तिव्र उतारचढाव देखिएको उनीहरु बताउँछन्।

यस दिन नेप्से परिसूचक १.२९ अंक घटेर २९६८.४३ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेर ५४१.१२ विन्दुमा पुगेको छ। यस दिन २२३ कम्पनीको १ लाख २४ हजार ५६१ पटकको कारोबारमा १० अर्ब ९० करोड ४९ करोड ५८ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक यस दिन १.४२ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७६ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

बिहीबार यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ। त्यसैगरी, नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट, कालिका पावर र सोल्टी होटलको शेयरमूल्य ५ प्रतिशत बढेको छ।

त्यसैगरी, यस दिन सिईडिबी हाइड्रोपावरको शेयरमूल्य ६.९६ प्रतिशत घटेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।