नागरिक लगानी कोष र नेपाल एग्रोको मूल्य समायोजन

Jun 22, 2021 09:20 AM Merolagani



असार ८ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो।

नेप्सेले नागरिक लगानी कोष (CIT) को ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कोषको मूल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, नेपाल एग्रो (NAGRO) को यस दिन १४ प्रतिशत बोनस समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ५४९ रुपैयाँ कायम गरिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। सोमबार दोस्रो बजारमा कोषको शेयर प्रतिकित्ता ४ हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने नेपाल एग्रोको ६२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस शेयर र ८.८९ प्रतिशत नगद लाभांश गरि कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असार १८ गते साधारण सभा बोलाएको छ।

त्यसैगरी, नेपाल एग्रोले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने तथा इन्फिनिटी लघुवित्तले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न असार २१ गते नै साधारण सभा बोलाएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।