अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको कम्पनी विश्लेषण

Jun 26, 2021 06:57 PM Merolagani

यस साता अपर तामाकोशी हाइड्रोपावर लिमिटेड (UPPER) को शेयरमूल्य ११ रुपैयाँ बढेको छ। गत साता ७३४ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर यस साता ७४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता कम्पनीको शेयरमूल्य बढेमा ८५० रुपैयाँमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, कम्पनीको शेयरमूल्य घटेमा ६०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

कम्पनीको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले कम्पनीमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई इएमए बीचको दूरी साँघुरिँदै गएको छ।

यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा २ लाख ४५ हजार ८८३ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ९९ हजार ९७१ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २२.९६ प्रतिशत बढी छ।

अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाेक्सानी घटेको वित्तीय विवरण सार्वजनिक गरेको थियो।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा छ।

दोलखामा ४५६ मेगावाट क्षमताको आयोजना निमार्ण गरिरहेको आयोजनाले विद्युत उत्पादन गर्ने तयारी गरेको छ।

कोभिड १९ को असरले गर्दा आयोजना निमार्णको अवधि र लागत बढ्दै गएको छ, यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटहीदर तथा अन्य व्यायभारले आयोजनाको लागत बढ्न गएको तर बिजुली बिक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको विवरणमा उल्लेख छ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रुपैयाँ छ। उसको ४० अर्ब ८ करोड रुपैयाँ दीर्घकालीन ऋण छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४४ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा छ।

गत बिहीबार कम्पनीको १४ दिने आरएसआई ४६.११ स्केलमा रहेको छ। न्यूट्रल जोनमा रहेको यस आरएसआईले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत छ। कम्पनीको १८० दिने औषत मूल्य ६७० रुपैयाँ ६२ पैसा छ। कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ९०८ रुपैयाँ रहेको छ भने न्यून मूल्य २१५ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ७८ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले न्यूट्रल जोनमा रहेको छ। गत साता कम्पनीको मूल्य ग्रीड जोनमा थियो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।