कन्सोलिडेसनपछिको उकालो यात्रा
केही समयअघि घट्दो ट्रेण्डलाइनभित्र कारोबार हुँदै २६० देखि २७० को टेवा क्षेत्र नजिक ओर्लिएको थियो। सोही विन्दुमा क्रेताहरु सक्रिय भएपछि मूल्यले गति लिएको हो। कम्पनीको हालको मूल्य आफ्नो अल्पकालीन र मध्यकालीन मुभिङ्ग एभरेजहरुभन्दा माथि पुगिसकेको छ।
१०० दिने मुभिङ्ग एभरेज र माइनर ट्रेण्डलाइनको प्रतिरोध
कम्पनीको शेयरमूल्य १०० दिने मुभिङ्ग एभरेजहरु नजिक पुगेको छ। साथै माथिबाट तल झरेको रातो माइनर ट्रेण्डलाइन पनि यही विन्दु आसपास छ। यदि आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो प्रतिरोध क्षेत्रलाई उच्च भोल्यूमसहित तोड्न सक्यो भने मात्र दीर्घकालीन बुलिश पुष्टि हुनेछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा हालसम्म छ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये पाँच सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका छन् भने एक सिग्नलमा स्टपलस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

सामान्य भोल्यूम
गत साताका चार कारोबार दिनमध्ये दुई कारोबार दिन कम्पनीको दैनिक भोल्यूम २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ भने दुई कारोबार दिन बढी रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले ट्रेण्ड ब्रेकआउट गर्नका लागि बजारमा भोल्यूम थप बढ्न आवश्यक देखिन्छ।

बलियो सकारात्मक मोमेन्टम
गत साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखा र शून्य रेखाभन्दा माथि रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले शेयरमा सकारात्मक मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

प्रोफिट बुकिङ्गको उच्च सम्भावना
गत साता कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा पुगेको छ। यसले अल्पकालीन रुपमा कम्पनीको शेयरमा प्रोफिट बुकिङ्गको सम्भावना उच्च रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४ करोड १६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।
कम्पनीले १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोक जिल्लामा अवस्थित मध्य भोटेकोशी जलविद्युत आयोजनाले २०८२ असोज २० गतेदेखि व्यापारिक उत्पादन सुरु गरी आयोजना सञ्चालन चरणमा प्रवेश गरेकोले उक्त अवधिसम्म भएका आयोजनाका सम्पूर्ण खर्चहरु पूँजीकरण गरिसकेको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब १४ करोड ४६ लाख ६९ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ।
सो अवधिसम्ममा कम्पनीको कुल नाफा १ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १ अर्ब ११ करोड ९३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १८ लाख १२ हजार रुपैयाँ रहेको छ। कम्पनीको वित्तीय खर्च ९५ करोड १५ लाख रुपैयाँ रहेको छ।
६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २२ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८३ पैसा रहेको छ भने बुकभ्यालु ९६ रुपैयाँ २५ पैसा रहेको छ। गत साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात १००.७१ गुणा र प्राइस टु बुकभ्यालु रेशियो २.९६ गुणा रहेको छ।

आधारभुत अवस्था
हाल नेप्सेमा कम्पनीको ६ करोड कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य २८२ रुपैयाँ ३८ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ३३३ रुपैयाँ रहेको छ भने न्यून मूल्य २४८ रुपैयाँ ५० पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण १७ अर्ब १० करोड रुपैयाँ छ।

ब्रोकर ३३ बाट सर्वाधिक खरिदबिक्री
गत साता ब्रोकर नम्बर ३३ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको ९८ हजार ३७६ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, गत साता कम्पनीको शेयर सबैभन्दा बढी बिक्री गर्ने ब्रोकर पनि ३३ नै रहेको छ। सो ब्रोकरले गत साता कम्पनीको ६१ हजार १८२ कित्ता शेयर बिक्री गरेको छ। गत साता ब्रोकर ५४ ले कम्पनीको ५९ हजार ७२० कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर ५८ ले २५ हजार ७०० कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर कम हुँदै
फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनबाट न्यूट्रल जोनमा पुगेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर कम हुँदै गइरहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)