सिद्धार्थ क्यापिटलको खुलामुखी योजनामा आजसम्म आवेदन दिन सकिने

Jul 04, 2021 08:35 AM Merolagani



सिद्धार्थ क्यापिटलको पहिलो खुलामुखी म्युचुल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजना अर्थात सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने आज (असार २० गते) अन्तिम दिन हो।

क्यापिटलले असार १६ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको थियो।

कम्पनीले २ करोड इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँट भइसकेपछि खुद सम्पत्ती मूल्यका आधारमा तोकिएको प्रति इकाई मूल्यमा योजना व्यवस्थापन वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेता मार्फत दैनिक खुद सम्पत्ती मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर बिक्री तथा पुनर्खरिद गरिने बताएको छ।

योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ।

उक्त स्किमको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको सहायक कम्पनी हो।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।