सुन र चाँदी दुबैको मूल्य बढ्यो

Jul 06, 2021 11:00 AM Merolagani



असार २२ गते, मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यस दिन ९१ हजार ३०० रुपैयाँ पुगेको छ।

महासंघले यस दिनको लागि चाँदीको मूल्य १ हजार ३३० रुपैयाँ तोकेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।