सुन र चाँदी दुबैको मूल्य बढ्यो

Jul 06, 2021 11:00 AM Merolagani



असार २२ गते, मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यस दिन ९१ हजार ३०० रुपैयाँ पुगेको छ।

महासंघले यस दिनको लागि चाँदीको मूल्य १ हजार ३३० रुपैयाँ तोकेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।