सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

Jul 08, 2021 11:11 AM Merolagani



असार २४ गते बिहीबार, सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकेको छ। यो अघिल्लो दिन अर्थात बुधबारको तुलनामा १०० रुपैयाँ बढी हो। बुधबार यस्तो सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन तेजावी सुनको मूल्य १०० रुपैयाँ बढेर ९१ हजार ८०० रुपैयाँ पुगेको छ।

यता चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ। बुधबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।