मेरो स्कूलले ल्यायो ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने

Jul 15, 2021 07:10 PM Merolagani



इ–लर्निङ्ग प्लाटफर्म मेरो स्कूलले नयाँ फिचर ‘प्ले एण्ड विन’ क्विज सार्वजनिक गरेको छ। जहाँ विभिन्न प्रश्नहरुको जवाफ दिएर दैनिक ५ हजार रुपैयाँ जित्न सकिनेछ।

यसका लागि पहिला गुगल प्लेस्टोरबाट मेरो स्कूल एप डाउनलोड गरी साइन इन गर्नुपर्नेछ । त्यसपछि प्रयोगकर्ताले दैनिक क्विज खेल्न सक्नेछन्। प्रयोगकर्ताले दिइएको समयभित्र १० प्रश्नहरुको जवाफ दिनुपर्नेछ। यस बापत दैनिक ५ हजार रुपैयाँ जित्ने मौका प्राप्त हुनेछ। सबै प्रश्नहरुको सही जवाफ दिनेहरुको सूचीबाट ‘लक्की ड्र’ मार्फत विजेता छनौट गरिनेछ।

के हो मेरो स्कूल?

मेरो स्कूल एक इ–लर्निङ्ग प्लेटफर्म हो जहाँ विभिन्न प्रकारका अनलाइन कोर्सहरु प्राप्त गर्न सकिन्छ। ५० भन्दा बढी कोर्स र ९ हजारभन्दा बढी भिडियोहरु भएको मेरो स्कूल, पढाइका लागि सहायता खोजिरहेका र विभिन्न नयाँ सीप सिक्न चाहनेहरु माझ एक लोकप्रिय प्लेटफर्म बनेको छ।

मेरो स्कूलले नेपालको पाठ्यक्रम विकास केन्द्रबाट निर्धारण गरिए अनुसार भिडियोहरु तयार गरेको छ। त्यसैले, स्कूलका विद्यार्थीहरुले अन्योलमा परेका विषय बुझ्नका लागि गुगलको सहयता लिनु पर्ने छैन। स्कूलका विद्यार्थी मात्र होइन, मेरो स्कूलले राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रम र आईओईले निर्धारण गरेको इन्जिनियरिङ्ग कोर्सका भिडियोहरु पनि उपलब्ध गराएको छ।

मेरो स्कूलले विद्यार्थीहरुका लागि मात्र होइन सीप विकास गर्न चाहनेहरुका लागि पनि प्लेटफर्म निर्माण गरेको छ। यहाँ फोटोसप, अटोक्याड, इलुस्ट्रेटर, आफ्टर इफेक्ट्स जस्ता सिर्जनात्मक विषयका भिडियोहरु पनि उपलब्ध छन्। यसका साथै, शेयर बजार सम्बन्धी सिक्न चाहनेहरुका लागि आधारभूत र प्राविधिक विश्लेषणका भिडियोहरु पनि उपलब्ध छन्। यति मात्र होइन, यहाँ विभिन्न भाषाका कोर्सहरु पनि उपलब्ध छन्।

विविध कोर्सहरु भएको मेरो स्कूल नेपाल एप अहिले एक लोकप्रिय एप बनेको छ। हालसम्ममा १५ हजारभन्दा बढीले यस एप डाउनलोड गरिसकेका छन्।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।