पाँच दिनमा १४० अंकको वृद्धिपछि नेप्सेमा ९ अंकको करेक्सन, म्युचुअल फण्डमा झुम्मिए लगानीकर्ता

Jul 20, 2021 03:33 PM Merolagani



गत पाँच दिनमा झण्डै १४० अंकले बढेको नेप्सेमा मंगलबार ९ अंकको करेक्सन देखिएको छ। गत असार २८ गते २८५४.७० विन्दुमा रहेको नेप्से सूचक ५ दिन लगातार बढेर २९९४.५८ विन्दुमा पुगेको थियो। साे वृद्धिपछि मंगलबार सामान्य करेक्सन देखिएको हो।

मंगलबार नेप्से सूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.८३ अंकले घटेको छ।

यस दिन कारोबार रकममा भने गिरावट देखिएको छ। सोमबार साढे ११ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ८ अर्बभन्दा कमको शेयर कारोबार भएको छ। यस दिन २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँमा खरिद बिक्री भएको छ।

मंगलबार अधिकाँश म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढेको छ। लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको कमाइबाट लाभांश घोषणा गरेसँगै यस दिन लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटि फण्डको इकाइमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावरको ९.३९ प्रतिशत, माउन्टेन हाइड्रोको ९.२८ प्रतिशत र ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाइमूल्य ८.९२ प्रतिशतले बढेको छ।

यता नेपाल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७८ प्रतिशतले घटेको छ भने समिट लघुवित्तको २.९१ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको २.८६ प्रतिशत र पोखरा फाइननान्सको शेयरमूल्य २.८१ प्रतिशतले घटेको छ।

मंगलबार अरुण कावेली हाइड्रोको सबैभन्दा धेरै ३८ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्सको २४ करोड १८ लाख, एनआइसि एशिया बैंकको २३ करोड ४९ लाख र कुषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहको सूचकमध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको सूचक सबैभन्दा धेरै ६.२९ प्रतिशतले बढेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।