खुद ब्याज आम्दानी सामान्य बढेको महालक्ष्मीको खुद नाफा ७१ प्रतिशत बढ्यो

Jul 21, 2021 06:27 AM Merolagani



महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको छ भने खुद नाफा ७१ प्रतिशत बढेको छ।

गत असार मसान्तसम्ममा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको यस्तो नाफा ७१.०२ प्रतिशत बढेको हो।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १.५० प्रतिशत मात्र बढेको छ भने खुद फि तथा कमीशन आम्दानी १०.१० प्रतिशत र सञ्चालन मुनाफा ६७.७९ प्रतिशत बढेको छ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि नेट ट्रेडिङ्ग आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। यसका साथै बैंकको इम्पेरमेन्ट चार्जमा केही कमी आएका कारण पनि बैंकको नाफा बढ्न टेवा पुगेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८.८० प्रतिशत बढेको छ भने जगेडा कोष २६.१३ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप गत १ वर्षमा ४.४१ प्रतिशत र कर्जा २.२७ प्रतिशत बढेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९८ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको पीईरेशियो २०.२९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.८ प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ भने आधार दर ९.९५ बाट ७.२८ र स्प्रेड दर ४.३५ बाट ४.५३ पुगेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।