लक्ष्मी उन्नती कोषको बुकक्लोज

Jul 21, 2021 09:24 AM Merolagani

लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ।

लक्ष्मी बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले साउन १३ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

यस अनुसार साउन १२ गतेसम्म कायम इकाईधनीहरुले कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कोषले इकाईधनीहरुलाई २५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

comments powered by Disqus

ओलीले ‘बौद्ध’पठाएका कुलमानलाई प्रचण्डले प्राधिकरण ल्याउँदै, कुलमानलाई फुलमाला लगाउनु,हितेन्द्रलाई 'नडाम्नु'

Aug 05, 2021 06:33 PM

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध पठाएका कुलमान घिसिङलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनः नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा ल्याउने भएका छन् । ओलीले घिसिङको प्राधिकरणमा चार वर्षे कार्यकाल सकिएसँगै उनलाई पुनः नियुक्त नगरी घर ‘बौद्ध’ पठाएका थिए ।