मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँकको अगुवाईमा ७ बैंकले लगानी गर्ने

Jul 23, 2021 04:18 PM Merolagani

मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँकको अगुवाईमा ७ बैंकले लगानी गर्ने भएका छन्।हाइड्रोपावर कम्पनी र बैँकहरु बीच विहिबारका वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौता भएको हो।

ताप्लेजुङ्ग जिल्ला मेरिङदेन गाँउपालिकामा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा.लि प्रवर्धक रहेकोे ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँकको अगुवाईमा कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एस.बि.आइ बैंक र सिभिल बैँकले ७७ अर्ब रुपैयाँ (६७५ करोड आवधिक कर्जा र २५ करोड चालु पूजी कर्जा) ऋण लगानी गर्ने भएका हुन्।

 

परियोजनाको अनुमानित लागत करीब ९ अर्ब मा बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यस मध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंकबाट १ अर्ब, मेगा बैंक नेपालबाट १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब नेपाल एस.बि.आइ बैंकबाट ८० करोड,सिद्धार्थ बैंकबाट १ अर्ब, र सिभिल बैंक बाट ५० करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रकृया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ। निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । 

comments powered by Disqus