नयाँ प्याकमा आयो टोकला मसला चिया

Jul 26, 2021 05:56 PM merolagani



सर्वाधिक लोकप्रिय चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ ।

निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रण गरी तयार पारेको यो मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ ।

साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।