साउन भित्रै गोएएमएल लागू गर्ने बीमा समितिको तयारी, सम्पत्ती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलाप नियन्त्रणमा आउने

Jul 26, 2021 06:03 PM Merolagani



बीमा समितिले साउन महिना भित्र बीमा क्षेत्रमा सम्पत्ती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको सफ्टवेयर (गोएएमएल) अनिवार्य रुपमा लागू गर्ने भएको छ । यस अघि नमुना परीक्षणका रुपमा पाँचवटा जीवन बीमा कम्पनीहरुमा लागू गर्न शुरु गरिएको गोएएमएल साउन महिना भित्रमा सबै कम्पनीमा लागू गरिने भएको हो ।

समितिले सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका लागि गोएएमएल सञ्चालन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक जानकारी दिन आइतबार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विवरण सम्बन्धमा बीमा क्षेत्रमा गोएमएल सफ्टवेयरबाट रिपोटिङ् गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुले एकल बीमालेख अन्र्तगत पहिलो प्रिमियम वापत एकै पटक ठूलो रकम लिएर बीमा गर्ने र बीमितले आठ दश महिनाभित्रै सरेण्डर गरेर ठूलो रकम निकाल्ने प्रवृत्ति शङ्कास्पद हुने भएकाले त्यसका बारेमा शुरुमै नेपाल राष्ट्र बैंकस्थित वित्तीय जानकारी इकाईलाई जानकारी गराउन बीमा कम्पनीलाई निर्देशन दिएका छन् ।

बीमा कम्पनीहरुमा बीमा गर्नको लागि एकै पटक ठुलो रकम आएको त्यसको स्रोत खुलाएर गोएएमएल मार्फत राष्ट्र बैंकको वित्तीय जानकारी इकाईलाई जानकारी गराउनुपर्ने र त्यसो नगरेमा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानुन कारवाही हुने अध्यक्ष सिलवालको भनाई छ ।

उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण र शंकास्पद लगानी हुन नदिनका लागि बीमा कम्पनीहरुलाई बारम्बार पत्राचार र निर्देशन दिएको उल्लेख गर्दै विगतका कमी कमजोरीहरुलाई सच्चाएर बीमा क्षेत्रले सम्पत्ति शुद्धीकरण र शंकास्पद लगानी विवरणका लागि सदैव चनाखो र सजग हुन समेत बीमा कम्पनीलाई उनले आग्रह गरे ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।