लघुवित्त वित्तीय संस्थाको लाभांशमा कडाई, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

Jul 26, 2021 06:33 PM Merolagani



नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा कडाई गरेको छ । बैंकले सोमबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा नियन्त्रण गरेको हो ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नको लागि थप व्यवस्था गरेको छ । बैंकको निर्देशन अनुसार अब लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक २० प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्नु परेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यस्तै लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण गर्न पाउने व्यवस्था गरेको छ । तर,यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम बचत/निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेका छ ।

खुद वितरणयोग्य मुनाफा कुल चुक्तापुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्रप्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने पनि राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।