नेपाली बजारमा सार्वजनिक भयो टाटा नेक्सन इलेक्ट्रिक एसयूभी, यस्तो छ मूल्य र बिशेषता

Jul 27, 2021 03:42 PM merolagani



इलेक्ट्रिक गाडीको भीडमा नेपाली बजारमा नयाँ इलेक्ट्रिक एसयूभि थपिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा नयाँ नेक्सन इलेक्ट्रिक एसयूभी गाडी नेपाली बजारमा भित्र्याएको हो ।

अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित सो एसयूभी मुख्यतः वायु प्रदूषणरहित तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

सरल ढङ्गबाट यो गाडी चलाउने सकिन्छ भने लामो दूरीको यात्रा पनि सहज रहेको बताइएको छ। यसमा राखिएको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई तुरुन्त आफ्नै घरमा चार्ज गर्न सकिन्ने भएकाले पनि नेपालमा यो गाडीको लोकप्रियता बढी हुने कम्पनीले जनाएको छ।

टाटाले ल्याएको इलेक्ट्रिक एसयुभि इम्प्याक्ट डिजाइन २.० अवधारणा अन्तर्गत तयार पारिएकाे छ। जसले गर्दा गाडीको बनावट अरुभन्दा बिल्कुल भिन्न र आकर्षक देखिन्छ।

गाडीको भित्री भाग फराकिलो हुनुको साथै यसमा ध्वनि व्यवस्थापनको नयाँ प्रविधि अपनाइएको छ। सात इन्चको हर्मन इन्फोटेंन्मेंट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

एकपटक चार्ज गरेपछि ३०० किलोमिटर भन्दा बढी दूरी तय गर्ने सक्छ। यो गाडी फुलचार्ज हुन साढे आठ घण्टा लाग्छ। नेक्सन एसयूभिमा ३०.२ किलोवाट आवर उच्च क्षमताको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ जसले टर्क क्षमता २४५ एनएम रहेको छ।

नेक्सन इभी केवल ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्ने बताइएको छ। यस गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ। सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलर अप्सनमा उपलब्ध टाटा नेक्सन तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

सबैभन्दा सस्तो भेरिएन्ट एक्सएमको मूल्य ३५ लाख ९९ हजार, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र सबैभन्दा महंगो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सब कम्प्याक्ट एसयूभी नेक्सन ईभीको सबैभन्दा आकर्षक फिचर भनेको यसको २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स हो । जुन नेपाली सडकका लागि उपयुक्त छ ।

त्यसैगरी यसमा टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ ।

यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने यो गाडीको प्रमुख विशेषता हो ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।