लक्ष्मी उन्नती कोषको मूल्य समायोजन

Jul 28, 2021 08:09 AM Merolagani

साउन १३ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लक्ष्मी उन्नती कोष (LUK) को इकाईमूल्य समायोजन गरेको छ।

कोषले नगद लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले कोषको २५ प्रतिशत लाभांश समायोजन गरेको हो।

समायोजनपश्चात कोषको नयाँ इकाई मूल्य १२ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले साउन १२ गते, मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। मंगलबार कोषको इकाई प्रतिकित्ता १५ रुपैयाँ १२ पैसामा अन्तिम कारोबार भएको थियो।

बुधबार समायोजित मूल्यकै आधारमा कोषको इकाई कारोबार खुल्नेछ।

साउन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्नेछन्।

कोषको प्रबर्द्धक लक्ष्मी बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।