दैनिक नयाँ रेकर्ड बनाउदै नेप्से, होटल र बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण

Jul 28, 2021 03:32 PM Merolagani



शेयर बजार मापक नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। मंगलबार पुरानो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको नेप्सेले बुधबार पनि नयाँ उचाइमा पुगेको छ।

बुधबार नेप्से सूचक १५.३० अंकले बढेर ३०९४.९५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक ०.०२ अंकले मात्रै बढेको छ।

बुधबार कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ। मंगलबार १५ अर्ब माथिको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम १३ अर्बमा झरेको छ। यस दिन १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर कारोबार भएको छ।

बुधबार होटल र बीमा कम्पनीहरुमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। लामो समयपछि चन्द्रागिरी हिल्सको शेयरमूल्य उच्च रुपले बढेको छ। जसले गर्दा होटल उपसमूहको सूचक सबैभन्दा धेरै ७.०९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको ३.०८ र बीमा उपसमूहको पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ४ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

यस दिन नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटलको ८.०६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०५ प्रतिशतले बढेको छ।

बुधबार शेयरमूल्य उच्च रुपले घट्ने कम्पनीहरुमा भने अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्। यस दिन पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.०७ प्रतिशतले घटेको छ भने सिंगटी हाइड्रोको ४.९८ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको ४.१८ प्रतिशत, पाँचथर पावर कम्पनीको ४.१५ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.९५ प्रतिशत र हिमालयन उर्जाको ३.८२ प्रतिशतले घटेको छ।

यस दिन युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ३८ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेश्नल हाइड्रोपावरको ३६ करोड ५३ लाख, अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावरको ३१ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।