शुक्रबार पनि बढ्यो सुन र चाँदीको भाउ

Jul 30, 2021 11:03 AM Merolagani



शुक्रबार सुन र चाँदी दुबैको भाउ सामान्य बढेको छ । यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।