शुक्रबार पनि बढ्यो सुन र चाँदीको भाउ

Jul 30, 2021 11:03 AM Merolagani



शुक्रबार सुन र चाँदी दुबैको भाउ सामान्य बढेको छ । यस दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।