बाल अस्पताल निर्माण गर्न सानिमा बैंकद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग

Jul 30, 2021 05:52 PM merolagani



बाल अस्पताल निर्माण गर्न सानिमा बैंकले इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोड सहयोग गरेको छ। सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदानगर्न समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवाप्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ  हुन ।

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।