कुनै मन्त्रीले रमाइलाका निम्ति श्वेतपत्र ल्याउने होइन्

Aug 02, 2021 05:52 PM Merolagani

कृष्णहरि बास्कोटा
देशको अर्थतन्त्रको अवस्था कहाँनेर छ भनेर थाहा पाउने पत्रलाई श्वेतपत्र भनिन्छ । सामान्य भाषामा भन्ने हो भने मुलुकको वर्तमान अर्थतन्त्रको स्थिति के छ भनेर जानकारी गराउने काम श्वेतपत्रले गर्छ ।

श्वेतपत्रको माध्यमबाट मुलुकको अर्थतन्त्रको बारेमा जानकारी दिने बेलामा के पनि गरिन्छ भने देखिएका राम्रा पक्ष के कारणले भएका हुन् । अर्थतन्त्रमा देखिएका नराम्रा पक्ष वा कमी कमजारीहरु के कारणले भएका हुन भन्ने कुराको बिश्लेषण पनि श्वेतपत्रमा गर्न सकिन्छ ।

अर्थतन्त्रमा देखिका राम्रा पक्षलाई निरन्तरता दिनका लागि सिफारिस गर्ने काम श्वेतपत्रमा हुन्छ भने अर्थतन्त्रका नराम्रा पक्षलाई रुपान्त्रण गर्ने, परिवर्तन वा हेरफेर गर्नु पर्ने कुरामा पनि त्यही स्वेतपत्रमा आउँछ ।

त्यसो त श्वेतपत्र कानुनी आधार भएको पत्र होइन् । श्वेतपत्रका आधारमा अदातलमा मुद्धा मामिला हुने, कर असुली हुने वा यसैबाट बैदेशिक ऋण वा सहायता प्राप्त हुने वा यो नै आफैमा बजेट भन्ने कुरा यो केही पनि होइन् । यो विशुद्ध सरकारको बुद्धि बिलास पत्र हो । सरकारले अर्थतन्त्रलाई हेर्ने तौर तरिकालाई स्वेतपत्र भनिन्छ ।

जे देखिन्छ त्यति लेखिन्छ श्वेतपत्रमा

तपाईले मलाई आएर हेर्नु भयो । मलाई तपाई हेर्दा पातलो पातलो कदको हुनु हुँदो रहेछ । उहाँको उचाई मोटाइ हेर्दा ठिकै देखिन्छ । उहाँको आखाँ, कान, घाँटी हेर्दा पनि सन्तुलन नै देखिन्छ । बोल्दा ठूलो स्वर आउँदो रहेछ । हिँडदा सुस्तरी हिँडनु हुँदो रहेछ । धेरै बाले स्वाँ स्वाँ हुँदो रहेछ । मेरो बारेमा जे देखिन्छ, त्यही लेख्नुलाई मेराे श्वेतपत्र भनिन्छ ।

तर, त्यो स्वेतपत्र आफैमा डाक्टरी पत्र होइन् । उँहा ठूलो ठूलो स्वरमा बोल्नु हुन्छ भन्दा उहाँलाई पाटन अस्पतालतिर जचाउनु पर्ने हो कि अलिकति खोच्चाएर हिँडनु हुँदो रहेछ भनेपछि अर्थोपेडिक सर्जनतिर जानु पर्ने हो कि ? उहाँले बेला बेलामा स्वाँ स्वाँ गर्नु हुँदो रहेछ भन्ने वित्तीकै फोक्सोको डक्टरमा गएर टिभि लागेको शंका गर्नु पर्ने हुन सक्छ । उहाँ यसो हेर्दा ठिकै देखिनु हुन्छ भनेपछि राजेश हमालको ठाउँमा हिरो हुनु पर्ने अर्थ आउँदैन् ।

फरक फरक दृष्टि कोण

श्वेतपत्र व्यक्ति पिच्छे फरक हुन्छ । पहिचान उस्तै हुँदैन् । कसैले हेर्दा त्यही मानिस पातलो, दुब्लो , स्माट र शारीरिक बनोटमा ‘फिटनेस’ भएको भन्न पनि सक्छ । मोटो मानिसले हेर्दा त्यही मानिस दाउरे जस्तो पनि देखिन सक्छ ।

त्यसकारणले हेर्ने दृष्टिकोण फरक हुन सक्छ । श्वेतपत्र अहिले नेपाली काँग्रेस नेतृत्वको सरकार छ । त्यसले हेर्दा मुलुकको अर्थतन्त्र एउटा दृष्टिकोणले हेर्छ । नेकपा एमालेलाई नै अहिलेको अर्थतन्त्र हेरिदिनुस भन्यो भने त्यसको श्वेतपत्र फरक देखिन्छ ।

मानौ अहिले ‘प्रोग्रेसिभ’ विचार राख्ने अर्थशास्त्रीलाई मुलुकको अर्थतन्त्रको श्वेतपत्र बनाइ दिन आग्रह गर्ने हो भने त्यसको नतिजा एक किसिमको आउँछ । तर, ‘डेमोक्राट’ मानिसलाई नेपालको अर्थतन्त्रको अर्थतन्त्रको अवस्था हेरिदिनु न भन्यो भने त्यसको ‘स्टाटस पेपर’ फरक आउछ ।

चीन र भारतले नेपालको अर्थतन्त्रको श्वेतपत्र बनाइ दिन भन्याे भने तिनीहरुको ‘पिक्चर’ फरक फरक आउन सक्छ । ब्याख्यामा फरक पर्न सक्छ ।

श्वेतपत्र भनेको सरकारले अर्थतन्त्रको क्षेत्रमा काम गर्नको निम्ति मैलै सबैभन्दा पहिला अर्थतन्त्रको ‘भिउ’ पाउनु पर्यो । त्यो भिउ पाएपछि बल्ल मैले काम गर्न सक्छु । त्यो भिउ कस्तो रहेछ भनेर जाँच्नका निम्ति बनाउने पत्रलाई श्वेतपत्र भनिन्छ ।

श्वेतपत्र जरुरी छ कि छैन्

श्वेतपत्र जरुरी छ कि छैन् भन्दा ठ्याक्कै मेडिकल डाक्टरको आवश्यक पर्छ । अहिले हामीलाई कोरोना लागेको छ कि छैन् भनेर आज हामी दुबै भाइले जाच्यौं । दुबै जनाको स्वाप टेष्ट गर्दा सुरक्षित देखियौं । दुबै भाइको जाँच गर्दा हामीलाई कोरोना ‘पोजेटिभ’ देखिएन ।

कोरोना ‘पोजेटिभ’ देखिन कहिले जाँच्नु पर्छ भन्ने सम्बन्धमा यो दुनियाँमा कुनै बैज्ञानिक छैन् । यति समयको अन्तरालमा फेरि स्वाप टेष्ट गर्नुस कोरोना कतैबाट सरेको हुन सक्छ भनेर कसैले अहिले नै भन्न सक्दैन् ।

कुनै ल्यावमा गएर स्वाप टेष्ट गर्यो । स्वाप दिएर बाहिर आएर काउन्टरमा गएर पैसा तिर्ने बहिनीले नै कोरोना सार्न सक्छिन् । हाम्रो ‘रिपोट नेगेटिभ’ आउने भयो । तर, त्यो बहिनीले कोरोना सारिसकिछिन् । ‘रिपोट नेगेटिभ’ तर शरिरमा ‘पोजेटिभ’ हुन सक्छ ।

कोरोनाको कुरा गर्ने हो भने कति अन्तरालमा स्वाप परिक्षण गर्ने भन्ने कुराको उत्तर निष्कदैन् । तर, अर्को पाटोमा जानुभयो भने ब्लड प्रेसरको २४ घण्टा पछि मात्र जाँच गरिन्छ । प्रत्येक दिनको बिहान बिहान मात्रै ब्लड प्रेसर जाँच गरिन्छ । अर्को मिडियम टाइपको मनिस छ भने उसकाे एक एक महिनामा मात्रै ब्लड प्रेसरको नाप गरिन्छ ।

नर्मल मानिस उसलाई केही भएको छैन् भने एक वर्षमा एक पटकमात्र ब्लड प्रेसर नापिन्छ । यसैगरी दिशा (स्टुल) को पनि त्यही हो । उसको पेटमा कुनै पनि खराबी छैन् भने प्रत्येक ५ वर्षमा एक पटक मात्र जाँच गराइन्छ । पेटमा केही हो कि जस्तो देखियाे भने उसको प्रत्येक एक वर्षमा स्टुल टेष्ट गरिन्छ । कसैलाई लगातार पेट दुखेको दुख्खै भएकाे छ भने प्रत्येक तीन महिनामा नै स्टुलको टेष्ट गरिन्छ ।

मेडिकल साइन्समा ब्लड टेष्ट गर्ने, स्टुल टेष्ट, युरिन टेष्ट गर्ने अथवा सुगर टेष्ट गर्ने यी सबै कुराको एउटा समयको अन्तराल तोकिदिएको छ । कुनै पनि मानिसको मोटर साइकल दुर्घटनामा परेर हात खुट्टा भाचियाे भयो भने एक पटक जाचिन्छ । एक पटक एक्सरे गरेपछि सामान्यत बच्चा हो भने उसको सुधार छिटो छिटो हुन्छ । उसलाई मोटामोटी १५ दिनमा फेरी एक्सरे गरेर हेरिन्छ । अलिकति मझौला बयस्क खालको मानिसलाई उसको समय लाग्छ, उसको एक महिनामा मात्रै फेरी एक्सरे गरिन्छ । बुढाबुढी हड्डी जोडन समय लाग्छ । उसको तीन महिनामा पछि मात्रै एक्सरे गरिन्छ । त्यसकारणले मेडिकल साइन्समा ‘म्याथमेटिक’ हिसाबले कति कति समयमा परिक्षण गर्ने भन्ने बिधि कोरोनामा नभएजस्तै अर्थतन्त्रमा पनि त्यो विधि छैन् ।

अहिले मिलिजुली सरकार बनेको छ । जनार्दन शर्मा ‘प्रभाकर’ अर्थमन्त्री हुनुभयो । उहाँले मैले अर्थतन्त्रको बारेमा जान्न मन लाग्यो भनेर श्वेतपत्र बनाउन सक्नु हुन्छ ।

उदाहरणका लागि अबको सय दिन भित्रको कामको प्रगति विवरण सार्वजनिक गरेर जनता बेखुश भए । नेकपा एमाले भित्र देखिएकाे विवाद साम्य भयाे र मिल्ने भएर एक सय दिनपछि अर्को सरकार बन्यो भने पनि त्यो एक सय दिन पछि आउने सरकारले पनि मैले मुलुकको अर्थतन्त्रको श्वेतपत्र जारी गर्छु भन्यो भने गर्न पाउँछ । श्वेतपत्र जारी गर्न पाउँदैनस भनेर कसैले भन्न पाउँदैन् ।

कस्तो कस्तो अवस्थामा श्वेतपत्र जारी गरिन्छ ?

संसारभरी यस्तो अबस्थामा श्वेतपत्र जारी गरिन्छ भनेर कुनै अभ्यास छैन् । तर, सामान्यतया अर्थतन्त्रमा कुनै ठूलो घटना भयाे । १९३० मा त्यस्तै घटना घटेकाे थियो ।

कुनै बेला अर्थतन्त्रमा ठूलै घट्ना घट्यो । पहिलो कुरा त त्यस्तो घटनाबाट बाहिर निष्केपछि जस्तो पोष्ट कोभिडपछि बल्ल श्वेतपत्र जारी गरिन्छ ।

त्यसैगरी, दोस्रो कुरा मुलुकमा राजनीतिक परिवर्तन आयो । मानौं पञ्चायती व्यवस्था थियो, बहुदलीय ब्यवस्था आयो । राणा शासन थियो, प्रजातन्त्र आयो त्यस्तो बेलामा श्वेतपत्र जारी गरिन्छ ।

अर्को कुरा आवधिक रुपमा निर्वाचन भयो भनेपनि श्वेतपत्र जारी गरिन्छ । पाँच वर्ष एउटा सरकारले चलायो । पाँच वर्षपछि पूर्ण रुपमा फरक सरकार आयो । जस्तो अमेरिका, बेलायतामा त्यस्तो हुन्छ । डेमोक्रेट जान्छ लिबिरल आउँछ वा लिबिरल जान्छ डेमोक्रेट  आउँछ ।

नेपालमा केपी ओली पाँच बर्ष चलाउन पाएको भए । त्यसपछि दुई तिहाई बहुमत ल्याएर नेपाली काँग्रेस बिजयी भएको भए श्वेतपत्र जारी गरिन्थ्यो । एउटा सरकारले पाँच वर्षे शासनकाल सञ्चालन गरेर त्यसपछि बिलकुलै नयाँ सरकार आयो भने श्वेतपत्र जारी गर्नु पर्ने अवस्था हुन्छ ।

अहिले ‘इन्टरनेशनल टुल्स’ हुन्छ । विश्व बैंक, एडिबी, आइएमएफ, आइएफसी उनीहरुले विश्वव्यापी रुपमा एउटा ‘टुल्स’ दिइरहेका हुन्छन् । ती टुल्स हेर्दाखेरी कुनै देशमा खराबी देखियो । जस्तो हाम्रोमा अर्थतन्त्रले ऋण फिर्ता गर्न सक्दैन् भन्ने ‘हिपिक कन्सेप्स’ भन्ने छ । त्यसमा नेपाललाई आइएमएफले टेष्ट गरिदिएको थियो । त्यस्तो बेलामा मुलुकले ऋण तिर्न सक्ने सम्भावना छ कि छैन भनेर श्वेतपत्र जारी गर्न सक्छ ।

अर्को अन्तराष्ट्रिय रुपमा एउटा निश्चित विकास योजना ल्याइन्छ । जस्तो अहिले एसडिजी ल्याइएको छ । सन्टेनेवल डेभलपमेन्ट गोल्स २०१६ बाट २०३० सम्म १७ वटा लक्ष्य ल्याइएको छ । हामीले १७ वटा लक्ष्य पूरा गरेपछि २०३१ मा मुलुकको अर्थतन्त्र कस्तो छ भनेर श्वेतपत्र जारी गर्न सक्छौ ।

पन्ध्रौ पञ्चवर्षिय योजना पुरा भएपछि र १६ पञ्चवर्षिय योजना सार्वजनिक गर्ने बेलामा श्वेतपत्र जारी गर्न सक्छौं । अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने निश्चित समयपछि श्वेतपत्र जारी गरिन्छ ।

कुन कुन अर्थमन्त्रीले श्वेतपत्र जारी गरे

मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभयो श्वेतपत्र ल्याउनु पर्यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनु भयो त्यतिबेला पनि श्वेतपत्र ल्याउनु पर्यो । भरतमोहन अधिकारी, युवराज खतिवडा अर्थमन्त्री हुनु भयो श्वेतपत्र ल्याउनु पर्यो । जर्नादन शर्मा अर्थमन्त्री हुनु भयो श्वेतपत्र ल्याउनु पर्यो । 

रमाइलोका निम्ति श्वेतपत्र जारी गर्न हुँदैन्

यसरी मन्त्रीले रमाइलाका निम्ति श्वेतपत्र ल्याउने होइन् । अहिलेका अर्थमन्त्री शर्माले श्वेतपत्र ल्याउनु हुन्थ्यो हुँदैनथ्यो भन्ने बारेमा मैले केही बोलिन । त्यो मेरो सरोकारको बिषय भएन् ।

त्यसकारण अर्थतन्त्रको अवस्था बुझेर पाइला कसरी सार्ने भनेर अन्योलता आयो भने त्यो बेलामा श्वेतपत्र निकाल्छन् ।

(पूर्व अर्थसचिव बास्कोटासँग मेरोलगानीका विष्णु बेल्वासेले गरेको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।