पछिल्लो २४ घण्टामा थपिए ३१२५ जना कोरोना भाइरस संक्रमित,२३को मृत्यु

Aug 02, 2021 05:20 PM merolagani



पछिल्लो २४ घण्टामा थप ३१२५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएर घर फकिएका छन ।हालसम्म नेपालमा ३१ हजार ६२६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङकले देखाएको छ । 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।