पछिल्लो २४ घण्टामा थपिए ३१२५ जना कोरोना भाइरस संक्रमित,२३को मृत्यु

Aug 02, 2021 05:20 PM merolagani



पछिल्लो २४ घण्टामा थप ३१२५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएर घर फकिएका छन ।हालसम्म नेपालमा ३१ हजार ६२६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङकले देखाएको छ । 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।