सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको प्रतिफल घोषणा

Aug 05, 2021 05:35 PM Merolagani



सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगत सञ्चालित दुई फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्।

सिद्धार्थ इक्वीटि फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई ३०-३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

यस अनुसार सद्धार्थ इक्वीटि फण्डले इकाइधनीहरुलाई ४५ करोड रुपैयाँ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ३६ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएका छन्।

सिद्धार्थ क्यापिटलको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।