कोरोना अपडेटः २४ घण्टामा नयाँ संक्रमित भन्दा कोरोना जित्नेको संख्या धेरै

Aug 28, 2021 07:20 PM Merolagani



देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ८५७ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टा अवधिमा ९ हजार ४०९ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ५१६ जना र तीन हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २२२ जनाले कोरोना जितेका छन् । २४ घण्टामा कोरोनाका कारण देशभरबाट २७ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।