२४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस पुष्टि, २० जनाले ज्यान गुमाए

Aug 31, 2021 05:39 PM Merolagani



देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टा अवधिमा १२ हजार २२२ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार ५२३ जना र एन्टिजेन परीक्षणमा १४१ जनामा संक्रमण पुष्टि भएको  छ ।

यस्तै मंगलबार एक हजार ७८६ जनाले कोरोना संक्रमण जितेका छन् । २४ घण्टामा कोरोनाका कारण देशभरबाट २० जनाले ज्यान गुमाएका छन् । हाल देशभरमा सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४१३ जना रहेका छन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।