भारतीय शेयर बजार उकालो लाग्ने क्रम जारी, निफ्टीले नयाँ रेकर्ड बनाउँदा सेन्सेक्स ५८४०० भन्दा माथि

Sep 14, 2021 11:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन भारतीय शेयर बजार उकालो लागेर खुलेको छ। सेन्सेक्स ५८४८२ विन्दु र निफ्टी १७४२० विन्दुमा खुलेको छ। कारोबार अवधिमा निफ्टीले १७४३८ को एक रेकर्ड बनाएको छ। अहिले, सेन्सेक्स २४० अंक बढेर ५८४२० मा र निफ्टी ७० अंक बढेर १७४२५ मा कारोबार भइरहेको छ।

सेन्सेक्सका ३० वटा शेयरमध्ये २५ वटा बढिरहेको छ भने ५ वटा रातो अंकमा कारोबार भइरहेको देखिएको छ। जसमा एक्सिस बैंक, एचसीएल टेक र बजाज अटो को शेयर १ प्रतिशतभन्दा बढि बढेको छ।

बजारलाई रियल्टी, अटो र फार्मा स्टकबाट समर्थन प्राप्त भइरहेको छ। एनएसईमा अटो सूचकांक १ प्रतिशत बढेर कारोबार भइरहेको छ भने फार्मा सूचकांक ०.४० बढेको छ। रियल्टी इण्डेक्स पनि बढेको देखिएको छ। सो समूहको सूचकांक ०.७० प्रतिशत बढेर कारोबार भइरहेको छ।

अमेरिकी शेयर बजारको अवस्था

यस अघि, अमेरिकी स्टकमा मिश्रित व्यापार भएको थियो। डाउजोन्स ०.७६ प्रतिशत बढेर ३४८६९ विन्दुमा बन्द भयो। नाक्डाक ०.०७ प्रतिशत घटेर १५१०५ विन्दुमा र एसएण्डपी ५०० ०.२३ प्रतिशत बढेर बन्द भएको थियो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।