सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा बीरगंजमा

Sep 20, 2021 05:29 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंकले (SADBL) पर्साको बीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ । बैंकले असाेज ४ गतेबाट सो शाखा संचालनमा ल्याएको हो ।

बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ्ग सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ । 

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।