सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा बीरगंजमा

Sep 20, 2021 05:29 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंकले (SADBL) पर्साको बीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ । बैंकले असाेज ४ गतेबाट सो शाखा संचालनमा ल्याएको हो ।

बीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ्ग सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ । 

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।