प्रि ओपन सेसन अपडेटः करिब ५ अंक घट्याे नेप्से

Sep 21, 2021 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ११४.०२ अंक घटेर २६९८.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.८२ अंक घटेर २६९३.४२ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४० अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा २४ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।