मैलुङ खोलाको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Sep 21, 2021 02:20 PM Merolagani



मैलुङ खोला जलविद्युत कम्पनी (MKJC) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको उक्त शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एमकेजेसी (MKJC) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।