मैलुङ खोलाको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Sep 21, 2021 02:20 PM Merolagani



मैलुङ खोला जलविद्युत कम्पनी (MKJC) को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको उक्त शेयरलाई नेप्सेले न्युनतम ९५ रुपैयाँ ७५ पैसा देखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार बुधबार देखि कम्पनीको कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एमकेजेसी (MKJC) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।