एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले लाभांश खातामा जम्मा गर्ने

Sep 22, 2021 07:58 AM Merolagani



एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ।

एमएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) ले आज अर्थात असोज ६ गतेदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत प्रतिफल जम्मा गर्नेछ भने एनएमबि फिफ्टीले भोलि (असोज ७ गते) देखि जम्मा गर्नेछ।

हाइब्रिड फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित २० प्रतिशतका दरले र एनएमबि फिफ्टी (NMB50) ले करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

लाभांश वितरण प्रयोजनार्थ यी दुबै फण्डले भदौ १८ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा सो लाभांश जम्मा गरिनेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।