एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले लाभांश खातामा जम्मा गर्ने

Sep 22, 2021 07:58 AM Merolagani

एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिफ्टीले नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गर्ने भएको छ।

एमएमबि हाइब्रिड फण्ड एल १ (NMBHF1) ले आज अर्थात असोज ६ गतेदेखि हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा आईपीएस मार्फत प्रतिफल जम्मा गर्नेछ भने एनएमबि फिफ्टीले भोलि (असोज ७ गते) देखि जम्मा गर्नेछ।

हाइब्रिड फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई करसहित २० प्रतिशतका दरले र एनएमबि फिफ्टी (NMB50) ले करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

लाभांश वितरण प्रयोजनार्थ यी दुबै फण्डले भदौ १८ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा सो लाभांश जम्मा गरिनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।