बुधबार सुनचाँदीको भाउमा उच्च वृद्धि

Sep 22, 2021 11:56 AM Merolagani



सुनचाँदीको भाउमा उच्च वृद्धि देखिएको छ । असोज ६ गते, बुधबार सुन ताेलामा नै ९०० रूपैयाँले बढेकाे हाे ।

यस दिन छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको तथ्यांकका अनुसार तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सुन ताेलामा ३०० रूपैयाँले बढेर प्रतितोला ८९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी ताेलामा २५ रूपैयाँले उकालाे लागेर प्रतिताेला एक हजार १६५ रूपैयाँमा काराेबार हुँदैछ । मंगलबार भने चाँदी ताेलामा पाँच रूपैयाँले वृद्धि भएर प्रतितोला एक हजार १४० रुपैयाँमा किनबेच भएकाे थियाे ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।