बुधबार सुनचाँदीको भाउमा उच्च वृद्धि

Sep 22, 2021 11:56 AM Merolagani



सुनचाँदीको भाउमा उच्च वृद्धि देखिएको छ । असोज ६ गते, बुधबार सुन ताेलामा नै ९०० रूपैयाँले बढेकाे हाे ।

यस दिन छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघको तथ्यांकका अनुसार तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सुन ताेलामा ३०० रूपैयाँले बढेर प्रतितोला ८९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी ताेलामा २५ रूपैयाँले उकालाे लागेर प्रतिताेला एक हजार १६५ रूपैयाँमा काराेबार हुँदैछ । मंगलबार भने चाँदी ताेलामा पाँच रूपैयाँले वृद्धि भएर प्रतितोला एक हजार १४० रुपैयाँमा किनबेच भएकाे थियाे ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।