इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

Sep 22, 2021 11:56 AM Merolagani



इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभि तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिनेछ ।

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । यस्तै इसेवा मनिका नेपालभर रहेका ८ हजार बढि एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ ।

यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभि र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।