नविल ब्यालेन्सड् फण्ड–३ को इकाई बिहीबार बाँडफाँट हुने

Sep 22, 2021 01:12 PM Merolagani



नविल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “नविल ब्यालेन्सड् फण्ड–३ को इकाई बिहीबार बाँडफाँट हुने भएको छ । 

नविल इन्भेष्टमेन्ट बैकिंङ्ग लिमिटेडमा भोलि विहान ९ः३० बजे इकाई बाँडफाँट हुने भएको हो ।

नविल इन्भेष्टमेन्ट बैंकिङ्गले भदौ २५ गते देखि २९ गतेसम्म प्रति इकाई १० रुपैयाँको दरमा बिक्रीमा ल्याएको १० करोड इकाई निष्काशनमा ल्याएको थियो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई, १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न ल्याएको थियो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।