२४ घण्टामा थप १,४७८ जनामा कोभिड १९ पुष्टि, ६ जनाले ज्यान गुमाए

Sep 22, 2021 04:56 PM Merolagani



पछिल्लो २४ घण्टामा थप एक हजार ४७८ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार ११ हजार ६७ पीसीआर परीक्षणबाट एक हजार २५१ जनामा र दुई हजार ८६३ एन्टिजेन परीक्षणबाट २२७ जनामा संक्रमण देखिएको हो ।

बुधबार नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेमा ६ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ६३० जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ३५५ जना, ललितपुरका १५१ जना र भक्तपुरका ५८ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या २१ हजार १३९ रहेको छ ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।