लगानी कोष र आइएमइ लिमिटेडबीच सम्झौता

Oct 04, 2021 05:01 PM MeroLagani



नागरिक लगानी कोष र आइएमई लिमिटेड वीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल वीच सोमबार हस्ताक्षर भएको हो ।

बैदेशिक रोजारीमा रहेका रहेको नेपालीहरुलाई नागरिक पेन्सन योजनामा आवद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्रावधिक सयोगमा कोष र रेमिटयान्स कम्पनीहरुको सफ्टवेयरलाई आवद्धता गर्ने सफ्टवेयर निर्माण गरेको थियो । उक्त सफ्टवेयरको निर्माणसंगै आइएमईसंग भएको समझदारीले बैदेशिक रोजागारीमा रहेका नेपालीले सहजरुपमा नागरिक पेन्सन योजनामा सहभागी हुन र रकम जम्मा गर्न सक्ने अपेक्षा गरिएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।