रिडी हाइड्रोपावरको साधारण सभा आह्वान, यी प्रस्ताव हुँदैछन् पारित

Oct 05, 2021 09:01 AM Merolagani



रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (RHPC) ले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले कात्तिक १२ गते, शुक्रबार बिसौँ वार्षिक साधारण सभा डाकेको छ।

सो सभा कम्पनीको केन्द्रिय कार्यालय, थापाथलीबाट जुमको सहायताबाट बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।

सभाले रिडी हाइड्रोपावरले रैराङ हाइड्रोपावरलाई गाभ्ने/गाभिने बारे विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, हाल कायम चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरढा गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रबन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधन अथवा थप गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा पनि सहभागिता जनाउन सक्नेछन्।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।