रिलायन्स लाइफले घोषणा गर्यो लाभांश

Oct 05, 2021 10:28 AM Merolagani



रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (RLI) ले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असोज १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।