एक वर्षमा नै नेपालीले खेले साढे २८ करोड बढीको तास, कहाँबाट आउछ नेपालमा तास?

Oct 13, 2021 08:00 AM Merolagani

नेपालीले १ वर्षमानै साढे २८ करोड बढीको तास विदेशबाट ल्याएर खेल्ने गरेको देखिएको छ। गत वर्षको तथ्यांक हेर्ने हो भने एक वर्षमा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको तास आयात भएको छ।

विशेषगरी दशैं तिहार जस्ता चार्डपर्वमा तास धेरै खपत हुने गर्छ। यसले गर्दा दशैं तिहार अघि यसको आयात अझ धेरै हुन्छ। विगतको तथ्यांकलाई हेर्दा असोज महिनामा सबैभन्दा धेरै तास आयात भएको पाइन्छ। गत वर्ष पनि असोजमा नै वर्षभरीकै धेरै तास आयात भएको थियो।

गत वर्ष असोज १ महिनामा साढे ४ करोड रुपैयाँको तास आयात भएको हो। गत वर्षको पहिलो दुई महिना अर्थात साउन र भदौमा ३ करोड ४२ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो।

यस वर्ष पनि गत साउन र भदौ महिनामा मात्रै साढे ५ करोडको तास आयात भएको भन्सार विभागको तथ्यांकले देखाउछ। यस अवधिमा ५ करोड ५१ लाख ३१ हजार रुपैयाँको ३० लाख ३ हजार ४७० वटा तास आयात भएको छ। असोज महिनाको तथ्यांक भने आइसकेको छैन। दशैं तिहारमा तास खेल्ने परम्परा रहिआएकोले यो समयमा तासको आयात बढेको हो।

गत वर्षको तुलनाममा यस वर्ष तास आयात अझ बढेको छ। पहिलो दुई महिनाको तथ्यांकमा गत वर्षकोभन्दा झण्डै २ करोड बढीको तास आयात भएको छ। असोज महिनामा तासको आयात अझै बढ्ने आँकलन छ।

पछिल्ले समय नेपालको आयात बढ्दै गएको छ। बढ्दो आयातल व्यापार घाटा उच्च दरले बढ्दै गएको छ भने यसले देशको शोधानान्तर स्थिति समेत निकै घाटामा पुगेको छ।

नेपालको निर्यात खासै धेरै बढ्न सकेको छैन भने साना साना र नेपालमै उत्पादन गर्न सकिने वस्तुहरुको लागि समेत अन्य देशकै भर पर्नुपर्ने अवस्था छ। नेपालले चालु आर्थिक वर्षको पहिलो २ महिनामा ३ खर्ब ५८ अर्ब रुपैयाँको व्यापार गरेकोमा ८९.७४ प्रतिशत हिस्सा आयातको छ भने निर्यातको हिस्सा १०.२६ प्रतिशत मात्रै छ।

  • कहाँबाट आँउछ नेपालमा तास?

पछिल्ला केहि वर्षको तथ्यांक हेर्दा नेपालमा चीनबाट सबैभन्दा धेरै तास आयात भएको देखिन्छ। नेपालमा चीन, भारत, जर्जीया, अमेरिका लगायतको देशबाट तास आयात भएको देखिन्छ। तर यसमा सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ।

गत दुई महिनामा चीनबाट ४ करोड ८८ लाख ६५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ। यस्तै, भारतबाट पनि ६२ लाख ६५ हजार रुपैयाँको तास आयात भएको छ भने अमेरिकाबाट १ हजार रुपैयाँको मात्रै तास आयात भएको विभागको तथ्यांकले देखाउछ।

गत आर्थिक वर्षमा पनि २५ करोड ५९ लाख ८३ हजार रुपैयाँको तास चीनबाट नै आयात भएको थियो। यस्तै जर्जीयाबाट २६ लाख ७३ हजार रुपैयाँको तास आयात भएको थियो भने अमेरिकाबाट १ करोड १९ लाख हजार रुपैयाँ, भारतबाट ७९ लाख ३ हजार रुपैयाँ, सिंगापुरबाट २७ हजार रुपैयाँ र लन्डनबाट ४८ हजार रुपैयाँ बराबारको तास आयात भएको छ।

नेपालको सबैभन्दा धेरै व्यापार भारतसँग हुन्छ भने चीन दोस्रो स्थानमा छ। तर तास आयातमा भने चीन सबैभन्दा अगाडि देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनाको तथ्याँकलाई हेर्ने हो भने पनि चीनबाट सबैभन्दा धेरै ४ करोड ८८ लाख ६५ हजार रुपैयाँको तास आयात भएको छ। यस्तै यो दुई महिनामा भारतबाट ६२ लाख ६५ हजार रुपैयाँ र अमेरिकाबाट १ हजार रुपैयाँको तास आयात भएको तथ्यांकले देखाउछ।

नेपालमा तास खेल्न भने प्रतिबन्ध लागेको छ। क्यासिनो बाहेक अन्य ठाउँमा भने तास खेल्न पाइदैन। तर यसको बिक्री वितरणमा भने सरकारले रोक लगाएको छैन। तास खेल्नेमाथि कारबाही गरे पनि यसको बिक्रीमा भने कडाइ गरेको छैन। यसले गर्दा हरेक वर्ष तासको आयात बढ्दै गएको देखिन्छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।