पान्डोरा लीकः पप गायिका शकीरा, राजनीतिज्ञ टोनी ब्लेयर, खेलाडी सचिन तेन्दुलकर, नायक टाइगर श्राेफको नाम पेपरमा, भारतका चार नेताहरु पनि सूचीमा

Oct 05, 2021 05:46 PM Merolagani

खोज पत्रकारहरुको एक अन्तर्राष्ट्रिय निकायले केहि यस्ता रिपोर्टहरु जारी गरेको छ, जस अनुसार विश्वका धेरै प्रसिद्ध व्यक्तित्वहरुले विदेशमा लगानी गरेका छन्,तर सरकारी एजेन्सीहरुलाई आफ्नो पूर्ण जानकारी दिएका छैनन्।

अक्टोबर ३ मा जारी संस्थाको रिपोर्टमा पीएनबी घोटालाका अभियुक्त नीरव मोदीकी बहिनी पूर्वी मोदी, क्रिकेट लिजेण्ड सचिन तेन्दुलकर, पप गायिका शकीरा र राजनीतिज्ञ टोनी ब्लेयर लगायत सयौं ठूला व्यक्तिको नाम समावेश छ।

‘पान्डोरा पेपर्स’ मा खरबौँ डलरको सम्पत्ति उल्लेखित

इन्टरनेश्नल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्टि (आईसीआईजे) को रिपोर्टहरुलाई ‘पान्डोर पेपर्स’ को नाम दिन थालिएको छ किनभने यसमा समाजको अभिजात वर्गका मानिसहरु सहित भ्रष्ट मानिसहरुको कथित रुपमा विदेशमा लुकिछिपी गरिएको सम्झौताहरु उल्लेख छ। यो रिपोर्ट मा भनिएको छ कि यी व्यक्तिहरुले कस्तो तरिकाले विदेशमा लाखौं करोड सम्पत्ति लुकाएर राखेका छन्।

यही संस्थाले पाँच वर्ष पहिले ‘पनामा पेपर्स’ लीक गरेको थियो

यो ध्यान दिन लायक छ कि यस संस्थासंग सम्बन्धित ११७ देशहरुको १५० भन्दा बढी मिडिया आउटलेटका लगभग ६०० पत्रकारहरुले १.१९ करोड रेकर्ड जुटाएका छन्। यस संस्थाले पाँच वर्ष पहिले ‘पनामा पेपर्स’ लीक गरेको थियो। त्यसमा बताइएको थियो कि कसरी समाजका प्रमुख व्यक्तित्वहरुले सरकारी एजेन्सीहरुको नजरभन्दा पर कथित रुपमा विदेशमा सम्पत्तिहरु जम्मा गरेका छन्।

३५ वर्तमान र पूर्व राष्ट्राध्यक्ष, ३३० भन्दा बढी राजनीतिज्ञहरुको फाइलहरु

दुनियाभरका रिपोटर्स र मिडिया अर्गनाइजेशनको वासिङ्गटनस्थित संस्था आईसीआईजेको रिपोर्ट अनुसार, उनीहरुसंग भारतसहित ९१ देशहरुको लगभग ३५ वर्तमान र भूतपूर्व राष्ट्र प्रमुखहरु, ३३० भन्दा बढि राजनीतिज्ञ तथा सरकारी अधिकारीहरुको फाइल छ। समाचार एजेन्सी पीटीआईका अनुसार,‘जसले सरकारको जानकारीबिना विदेशमा सम्पत्ति खरिद गरिसकेका छन्, जसमा क्रिकेटका लेजेन्ड सचिन तेन्दुलकर,पप गायिका शकीरा, सुपर मोडल क्लाउडिया शिफर,नायक टाइगर श्राेफ समावेश छन्।

तेन्दुलकरका वकिलले भने, ‘लगानी कानूनी रुपमा वैध छ’

तर, समाचार एजेन्सीका अनुसार तेन्दुलकरका वकिलले भनेका छन् कि पूर्व क्रिकेटरको लगानी कानूनी रुपमा वैध छ र कर अधिकारीहरु यस बारे जानकार छन्। शकीराका वकिलले भनेका छन् कि पप गायिकाले आफ्ना कम्पनीहरुबाट करको फाइदा लिइरहेकी छैनन् र उनीहरुले आफुसंग सम्बन्धित आवश्यक जानकारी सरकारलाई दिएका छन्।

पाँच भारतीय राजनेताहरुको नाम, नाम सार्वजनिक छैन

पान्डोरा पेपर्समा पाँच भारतीय राजनेताहरुको नाम आएको छ, तर उनीहरुको नाम सार्वजनिक गरिएको छैन। जे होस्, नाम खुलाइएका दिग्गजहरुमा पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर, पाकिस्तानका प्रधानमन्त्री इमरान खान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी छन्। अन्तरराष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार उनीहरूले कथित रूपमा सम्पत्ति लुकाउन र कर बचाउन विदेशमा कम्पनी र ट्रस्ट बनाएका छन्।

(मनि भाष्करबाट अनुवादित) (तस्वीरः आईसीआईजे)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।