आइएमई जनरलको हकप्रद निष्काशन प्रकृया अघि बढ्यो

Oct 05, 2021 06:36 PM Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) ले हकप्रद निष्काशन गर्ने प्रकृया थप अघि बढाएको छ । हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेको कम्पनीकाे हकप्रदलाई इक्रा नेपालले रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बी प्रदान गरेको हो । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षा रहेको जनाउछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिले अरु बीमा कम्पनीहरुलाई तत्काल हकप्रद निष्काशन गर्न रोक्का गरेको भएपनि शिखर र आइएमई जनरललाई भने हकप्रद निष्काशन गर्न अनुमति दिएको थियो।

साधारण सभाबाट हकप्रद निष्काशनको प्रस्ताव अघि बढीसकेकोले यी दुई कम्पनीले हकप्रद शेयर निष्काशन गर्नेछ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।