सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 06, 2021 09:16 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) को लाभांश सुरक्षित गर्ने आज (असोज २० गते) अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २२ गते एक दिन बुकक्लोज गर्नेछ। असोज २१ गते घटस्थापनाको सार्वजनिक बिदा भएको हुनाले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन आजसम्म शेयरधनी बन्नु पर्नेछ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१ प्रतिशत बोनस शेयर र ३.०८ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यद्यपि, बैंकले साधारण सभाको मिति भने तय गरेको छैन।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।