आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा

Oct 06, 2021 09:46 AM Merolagani



हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा डाकेको हो। सो सभा अपरान्ह ५ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।