आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा

Oct 06, 2021 09:46 AM Merolagani



हिमालयन रि इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले कात्तिक १२ गते, होटल अलफ्ट, ठमेलमा प्रथम वार्षिक साधारण सभा डाकेको हो। सो सभा अपरान्ह ५ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।