ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो बोनस शेयर

Oct 06, 2021 10:30 AM Merolagani



ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असोज १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ छ। २८ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ।