गुराँस लाइफका सिइओ भट्टराईको राजीनामा स्वीकृत

Oct 08, 2021 12:50 PM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत भएको छ ।

कम्पनी सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले सिइओ भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको हो ।

कार्यकाल बाँकि रहदै सिइओ भट्टराईले व्यक्तिगत कारण देखाई असोज १९ गते पदबाट राजीनामा दिएका थिए ।

सिइओ भट्टराईको राजिनामा कात्तिक १ गते देखि लागू हुनेगरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।