असोज १९ र २० गते भएको कारोबारले बजार बढ्ने कन्फरमेसन दिइसकेको छ

Oct 09, 2021 08:28 AM Merolagani



दुर्गा तिवारी
बजारले हालसम्मकै उच्च, करिब ३२०० को विन्दुमा पुगेर २५७० को हाराहारीमा आएपछि फर्केने कोशिस गरिरहेको छ। निरन्तर बढिरहेको बजारमा केही करेक्सन लगानीकर्ताले अपेक्षा गरेका थिए।

नेपाल राष्ट्र बैंकको नीतिगत परिवर्तनको कारण बजार लागनीकर्ताहरुले सोचेको भन्दा पनि धेरै तल झर्यो। नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा ४/१२ को सीमा तोकेर मौद्रिक नीति सार्वजनिक गर्यो। बजारसँग प्रत्यक्ष सरोकार राख्ने नियामक निकायले नै कर्जामा कडाई गरेपछि त्यसको प्रभाव पर्ने थाहा भएकै हो। तर, जुन प्रकारकाे प्रभाव परेको छ त्यो हाम्रो सोचाई भन्दा बाहिरको कुरा हो।

बजारमा उक्त सीमा भित्र रहेर कर्जा लिने लगानीकर्ताको संख्या तुलनात्मक रुपमा धेरै थिएन। साधारणतया कर्जाको उक्त तंथ्याक हेर्दा बजारलाई त्यसको प्रभाव धेरै पर्दैन जस्तो लागेको थियो। तर, बजार हाम्रो सोचाई भन्दा विपरित भइदिएकाले बजारले ठूलो करेक्सन ब्यर्होनु पर्यो।

दशैंभन्दा पहिले बजार राम्रै अपट्रेण्ड समाईसकेको छ। तल पुगेर फकदै गर्दा बजारबाट भएको नोक्सानीहरु कभर हुने क्रममा नै छ। बुधबारको बजारमा कारोबार रकम पनि विस्तारै बढ्दैछ। आगामी बजारको अवस्था त भन्न सकिने अवस्था रहँदैन। तर, बजारको पछिल्लो स्थिती हेर्दा बजार बढ्ने नै देखिएको छ। पछिल्लाे असोज १९ र २० गते भएको कारोबारले बजार बढ्ने कन्फरमेस पाइसकेको छ।

शेयर बजार हो, सधै बढ्दै र सधै घट्दैन। बजार बढ्दा पनि विस्तारै करेक्सन हुँदै माथि जाने हो र घट्दा पनि विस्तारै बढ्दै घट्दै गर्ने हो। यो बढीसकेको बजारमा लगानीकर्ताहरू सहभागिता उल्लेख्य रुपमा बढेको छ। बजार भित्रिन पर्ने कम्पनीहरु बजार प्रवेश नगरिसकेको अवस्था छ। यो सबै कुराले हेर्ने हो भने बजारको भविष्य राम्रो छ।

कोरोनाको प्रभाव कम हुँदै गएको कारण र अरु क्षेत्रमा पनि लगानी जान थालेको अवस्था तथा यो चाडबाडका कारणले पनि बजार झरेको थियो। अब चाडवाडको बाहाना बनाएर लगानी बाहिरिने समय पनि छैन। त्यसैले बजार त बढ्ने नै हो। तर पुरानो उचाईलाई तत्कालै तोड्दै अगाडि जान्छ भन्ने चाही होईन। विस्तारै विस्तारै आफ्नो गति लिएर माथि जान्छ।

बजारको अहिलेको माथिल्लो उचाई धेरै बढेको होईन। बजारमा कारोबार भइरहेका धेरै कम्पनीहरुको शेयरमूल्य अझै पनि नेप्से सूचक तल्लो विन्दुमा हुँदाको बखतकै छ। एकदम सीमित कम्पनीहरु मात्रै बढेर नेप्से सूचक ३२०० को वरपर पुगेको अवस्था थियो। अझै थुप्रै कम्पनीको शेयर भ्यालु बढ्न बाँकी नै छ। यो करेक्सनले पनि कम्पनीको शेयरमूल्य अधितम नै घटेको अवस्था छ।

दशैँ लगतै बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा हुने परिमार्जनले केहि प्रभाव पर्छ। बेलाबोलामा परिमार्जन हुने ब्याजदरले पार्ने प्रभावलाई हामीहरुले नकार्न सक्दैनाैँ। त्रैमासको अन्त्यमा त्यसको प्रभाव सँधै परेको हुन्छ। तर त्यसो भन्दै गर्दा कम्पनीहरुको पहिलो त्रैमासको आउने वित्तीय विवरणहरुलाई नकार्न सकिँदैन। कम्पनीहरुको अबकाे विवरण राम्रो आउने हाम्रो आशा रहेको छ।

अर्कोतर्फ हेर्ने हो भने, बजारसँग नियामकिय तह र प्रत्यक्ष रुपमा सरोकार राख्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख बिहिन छन्। बजारसँग सम्बन्धित रहेकाहरू नीतिगत सुधार गर्न सक्ने अवस्थामा छैनन्। छिट्टै दुवै निकायका प्रमुखहरु नियुक्त हुनेछन् भन्ने कुरामा आशा गर्न सकिन्छ।

बोर्ड प्रमुख नहुँदा बजारमा नीतिगत रुपमा गर्नुपर्ने कामहरु रोकिएको अवस्था छ। जस्तै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स वितरण गर्ने प्रदेश स्तरमा ब्रोकरको संख्या बढाउने, इन्ट्रा डे कारोबार गर्ने सम्बन्धिको आवश्यक प्रक्रिया लगायतका कामहरु हुन सकिरहेको छैन। अहिले हुँदाहुँदा हकप्रद र आईपिओ निष्काशनको लागि समेत अनुमति दिने समेत रोकेको अवस्था छ। टिएमएस सुधारको बारेमा नेप्सेबाट कामहरु हुनुपर्छ। त्यसैले नियामकिय तहका प्रमुखहरु छिट्टै योग्य व्यक्ति नियुक्त हुनु आवश्यक देखिएको छ। शेयर बजारको आवश्यकताको बारेमा ज्ञान भएको व्यक्ति नियुक्त हुन जरुरी छ। त्यस्ता व्यक्ति नियुक्त भए मात्र शेयर बजारमा भएका हुने सक्ने समस्याहरु बुझ्छन् र समाधाका लागि उचित उपायहरु अपनाउन सक्दछन्।

(नेपाल इन्भेष्टर्स फोरमकी महासचिव तिवारीसँग सुधा देवकोटाले गरेको कुराकानीमा आधारित)




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।