बीमा कम्पनीहरुको लाभांश ढिलाई, दुई वर्ष अघिको बल्ल प्रस्ताव गर्न थाले

Oct 11, 2021 12:05 PM Merolagani



जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बल्ल लाभांश प्रस्ताव गर्न थालेका छन्। नेप्सेमा सूचीकृत अरु क्षेत्रका कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गर्दा बीमा कम्पनीहरुले भने बल्ल दुई वर्ष पुरानो लाभांश प्रस्ताव गर्न थालेका हुन्।

बीमा कम्पनीहरुले बल्ल आर्थिक वर्ष २०७६/७७ वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गराए लाभांश प्रस्ताव गर्न थालेका हुन्।

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु छन्। यस्तै, त्यसमध्ये प्राइम लाइफ, रिलायन्स लाइफ, मेट लाइफ, ज्योति लाइफ र महालक्ष्मी लाइफले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण बीमा समितिबाट स्वीकृत गराईसकेको बीमा समितिले जनाएको छ।

उक्त कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट बीमितलाई वितरण गर्ने बोनस दर समेत सार्वजनकि गरेका छन् भने नेप्सेमा सूचीकृत प्राइम लाइफ र रिलायन्स लाइफले शेयरधनीले पाउने लाभांश समेत प्रस्ताव गरेको छ।

प्राइमले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत गरी कुल १५.८७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यस्तै रिलायन्सले पनि सोहि वर्षकै मुनाफाबाट चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

बीमा कम्पनीहरुले तयार पारेको वित्तीय विवरण समितिबाट स्वीकृत भएपछि मात्रै बीमितले पाउने बोनसदर र शेयरधनीले पाउने लाभांश सार्वजनिक गर्छन्।

लाभांश आउन किन ढिलाई?

परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका कम्पनीहरुलाई बीमा समितिले आर्थिक वर्ष २०७४/७५ देखि अनिवार्य रुपमा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) प्रणाली लागू गर्दै सोही अनुरुप वित्तीय विवरण तयार पार्न निर्देशन दिएको थियो।

बीमा समितिको निर्देशन अनुसार हालसम्म पनि बीमा कम्पनीहरुले समयमै एनएफआरएस प्रणालीमा वित्तीय विवरण समयमै तयार पार्न सकिरहेको छैन। नेपालमा बीमांकिय मूल्यांकन गर्ने व्यक्ति (एक्चुरी) को अभावमा एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पार्न नसकेका हुन्।

नेपालमा एक्चुअरीको जनशक्ति नहुदाँ बीमा कम्पनीहरुले विदेशी जनशक्तिको मुख ताक्नु पर्ने बाध्यता अझै कायमै छ। जसले गर्दा बीमा कम्पनीहरुले समयमै वित्तीय विवरण तयार पार्न सकिरहेका छैनन्।

बीमा समितिले नयाँ स्वरुपमा वित्तीय विवरण तयार पार्नुपर्दा सिक्न नै केही समय लाग्ने बताउदै आएको छ। तर, एनएफआरएस प्रणाली लागू गरेको तीन आर्थिक वर्ष भइसक्दा पनि तोकिएको प्रणलीमा वितीय विवरण तयार पार्न नसकेर लाभांश प्रस्ताव गर्ने देखि साधारण सभा बोलाउन ढिलाई हुने गरेकाे छ। 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।