अफरोडका लागि उत्कृष्ट फोर्ड एभरेष्ट एसयूभी नेपाल भित्रिदै, यस्तो छ मूल्य र विशेषता

Oct 09, 2021 02:33 PM Merolagani



नेपाली बजारमा फोर्ड एभरेष्ट अफरोड एसयूभी भित्रने भएको छ। नेपालको लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.० लिटर बाई–टर्बो डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त फोर्ड एभरेष्ट अफरोड एसयूभीको ल्याउने भएको हो।

जसका लागी कम्पनीले बुकिङ खुल्ला गरिसकेको छ। फोर्ड एभरेष्टमा अल–एलईडी हेडल्याम्प दिइएको छ, जसले रातको समयमा २० प्रतिशत बढी उज्यालो प्रदान गर्नेछ। त्यस्तै आकर्षक डिजाइन, अफरोडिङ क्षमता र सहजताले गाडीलाई अझ उत्कृष्ट बनाएको छ।

के के छन् नयाँ फिचर?

फोर्ड एभरेष्टमा भएका विभिन्न प्रविधिले एसयूभीलाई थप बलियो र सुरक्षित बनाएको छ। ह्यान्ड्स फ्रि कल गर्न, ट्राफिक कन्डिसन अनुसार परिवर्तन गर्न र पार्किङ, भ्वाइस कमान्डसहितका सिंक थ्री, एप्पल कार प्ले थ्री, एपलिंक, किलेस इन्ट्री र पुस बटन स्टार्ट, रियर भ्यु क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, रेन सेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प यो गाडीको मुख्य फिचर अन्तर्गत पर्छ।


इन्जिन
एभरेष्टमा एड्भान्स्ड २.० लिटर बाई–टर्बो डिजेल इन्जिन दिइएको छ जसले २१३ पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्नेछ। एरोडाइनामिक डिजाइन, टर्क अन डिमान्ड, लकिङ गियर डिफ्रेन्सियल, बिग लोड क्यापासिटी, रोल स्टेबिलिटीसहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पुल–ड्रिफ्ट कम्पेन्सेसनसहितको ईपीएएस आदि यसमा भएका अत्याधुनिक विशेषता रहेको कम्पनीले दाबी गरेको छ।

अफरोडयुक्त यो गाडी सुरक्षाको तवरबाट पनि उत्कृष्ट छ। टेरेन म्यानेजमेन्ट सिस्टम, इलेक्ट्रोनिक लकिङ, रियर डिफ्रेन्सियल, हिल डिसेन्ट कन्ट्रोल र हिल लन्च असिस्टजस्ता फिचरले यसलाई थप आकर्षक बनाएको छ।

यो गाडीलाई अपहोल्स्टर्ड सिट, प्रिमियम इन्टेरियर, ड्युअल क्लाइमेट कन्ट्रोल र ड्यअुल प्यानल सनरुफले कुनै पनि एड्भेन्चरमा एभरेष्टमार्फत आनन्द प्रदान गर्छ। त्यसैगरी, ह्यान्ड्स फ्रि लिफ्ट गेट, पावर फोल्ड थर्ड रो सिट, सात एयरब्याग र मल्टी इन्टेलिजेन्ट इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचरले गाडीलाई थप रोमान्चक बनाएको छ।

मूल्य
१ करोड ९९ लाख प्रारम्भिक मूल्य तोकिएको फोर्ड एभरेष्टमा भएको अफरोडिङ क्षमता, अफोर्डेबल सर्भिस कस्ट र एड्भान्स फिचर प्याकले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीको भनाइ छ। विश्व बजार र एसियाली देशमा फोर्ड एभरेष्ट सबैभन्दा रुचाइने एसयूभी हो।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।