महिला लघुवित्तको ५० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

Oct 10, 2021 10:29 AM Merolagani



महिला लघुवित्त (MLBSL) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।