आइपिओ लिस्टिङपछि लगातार पाँच दिन सर्किट लाग्दा भारतमा बन्यो नयाँ रेकर्ड, तर नेपालमा भने सामान्य

Oct 10, 2021 05:08 PM merolagani



भारतीय शेयर बजारमा आइपिओ लिस्टिङपछि लगातार पाँच दिन सर्किट लग्दा नयाँ रेकर्ड बनेको छ। पारस डिफेन्सको शेयरमा लगातार पाँच दिन सर्किट लागेको हो। यस अघि कुनै पनि शेयरमा लिष्टिङपछि लगातार पाँच दिन अपर सर्किट लागेको थिएन।

यस अघि कुनै पनि शेयरको लिष्टिङपछि दुईदेखि तीन दिनसम्म मात्रै अपर सर्किट लाग्दै आएको थियो। बर्गर किङको शेयर लिष्टिङपछि तीन दिनसम्म अपर सर्किट लागेको थियो। जोमैटोको शेयरमा पनि एक दिनमात्रै सर्किट लागेको थियो। तर पारस डिफेन्सको शेयरमा भने लगातार पाँच दिनसम्म सर्किट लागेको हो।  

पारस डिफेन्सको शेयरमा लिष्टिङपछि मात्रै कारोबारमा मात्रै रेकर्ड बनेको होइन उसको आइपिओ बिक्रीमा समेत रेकर्ड ब्रेक भएको थियो। उसले सेप्टेम्बर २१ देखि २३ सम्म यसको आइपिओ खुलेको थियो। जसमा ३०४ गुणा भन्दा बढी आवेदन परेको थियो।

भारतमा एक दिनमा पाँच प्रतिशत मात्रै कुनै पनि कम्पनीको शेयर मूल्य बढ्न सक्ने प्रावधान छ। सोही अनुसार नै उसको हरेक दिन पाँच प्रतिशत वृद्धि हुँदै आएको हो। उसको प्रति शेयर मूल्य चार सय ७५ रुपैयाँ प्रति कित्ताको दरले शेयर लिष्टिङ भएको हो। शुक्रवारसम्म लगातार पाँच प्रतिशतका दरले मूल्य बढ्दा कम्पनीको मूल्य ६ सय ३६ रुपैयाँमा उक्लिएको छ।

तर जसरी भारतीय बजारमा लिष्टिङ पछि लगातार पाँच दिन बढेर सर्किट लाग्नुलाई रेकर्डको रुपमा हेरिएको छ। नेपालमा भने त्यसरी बढ्नुलाई लगानीकर्ताले सामान्य रुपमा लिने गरेका छन्। आइपिओ लिष्टिङ पछि पाँच दिन मात्रै सर्किट लाग्नुलाई खासै ठुलो महत्त्व दिने गरिएको छैन भने भारतमा एक दिनमा पाँच प्रतिशत मात्रै बढ्ने प्रावधान रहँदा नेपालमा १० प्रतिशत वृद्धि हुन सक्छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।