बीमाको पहुँच बढाउन राष्ट्रिय बीमा नीति आवश्यक छः समिति अध्यक्ष सिलवाल

Oct 11, 2021 12:52 PM Merolagani



बीमा समितिका अध्यक्ष सूर्या प्रसाद सिलवालले मुलुकको बीमा क्षेत्रलाई नीतिगत रुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीति आवश्यक रहेको बताएका छन् । समितिले आयोजना गरेको शुभकामना अदान प्रदान गर्ने कार्यक्रममा बोल्द उनले राष्ट्रिय बीमा नीति आवश्यक रहेको बताएका हुन् ।

‘मुलुकको बीमा क्षेत्रलाई नीतिगत रुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीतिको आवश्यक छ । त्यसको लागि अर्थमन्त्रालयसंग हामीले आग्रह गरिसकेका छौं ।’ उनले भने, ‘देशमा बीमाको पहुँच बढाउन आवश्यक सहयोग गर्न अर्थमन्त्रालयले पनि तत्परता देखाएको छ ।’

बीमा क्षेत्रलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रयासमा समिति रहेको बताउदै उनले सिमितिलाई लिखित रुपमा जानकारी दिएर बीमा सचेतना कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाउन बीमा कम्पनीहरुलाई आग्रह गरे ।

कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा समितिको राय अर्थमन्त्रालयमा पठाएको समितिले जनाएको छ । त्यस सम्बन्धमा निकासा निस्किने समितिको विश्वास छ ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।