बीमाको पहुँच बढाउन राष्ट्रिय बीमा नीति आवश्यक छः समिति अध्यक्ष सिलवाल

Oct 11, 2021 12:52 PM Merolagani



बीमा समितिका अध्यक्ष सूर्या प्रसाद सिलवालले मुलुकको बीमा क्षेत्रलाई नीतिगत रुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीति आवश्यक रहेको बताएका छन् । समितिले आयोजना गरेको शुभकामना अदान प्रदान गर्ने कार्यक्रममा बोल्द उनले राष्ट्रिय बीमा नीति आवश्यक रहेको बताएका हुन् ।

‘मुलुकको बीमा क्षेत्रलाई नीतिगत रुपमा आवद्ध गराउन राष्ट्रिय बीमा नीतिको आवश्यक छ । त्यसको लागि अर्थमन्त्रालयसंग हामीले आग्रह गरिसकेका छौं ।’ उनले भने, ‘देशमा बीमाको पहुँच बढाउन आवश्यक सहयोग गर्न अर्थमन्त्रालयले पनि तत्परता देखाएको छ ।’

बीमा क्षेत्रलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रयासमा समिति रहेको बताउदै उनले सिमितिलाई लिखित रुपमा जानकारी दिएर बीमा सचेतना कार्यक्रमलाई व्यापकरुपमा अगाडि बढाउन बीमा कम्पनीहरुलाई आग्रह गरे ।

कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा समितिको राय अर्थमन्त्रालयमा पठाएको समितिले जनाएको छ । त्यस सम्बन्धमा निकासा निस्किने समितिको विश्वास छ ।

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।